{"Land Preparation":{"crop":"Cauliflower","stepone":"बेर्ना सार्नको लागि जग्गाको तयारी","Pictureone":"https://soil.narc.gov.np/media/media/crop/l1_yqTrpby.png","descriptionone":"बेर्ना सार्नुभन्दा कम्तीमा १५ दिन अघि राम्ररी कुहेको प्राङ्गारिक मल १५०० किलो प्रति रोपनीका दरले माटोमा हाल्नु पर्छ |","steptwo":"बेर्ना सार्नको लागि जग्गाको तयारी","Picturetwo":"https://soil.narc.gov.np/media/media/crop/l2_GqsQipB.png","descriptiontwo":"माटोको बनोट र चिस्यान कायम राख्ने क्षमता सुधार्न बलौटे माटोमा थप प्राङ्गारिक मल हाल्नु पर्छ । दुई-तीन पटक\r\nजोतेर माटोलाई मसिनो बनाई जग्गा तयार गर्नु पर्छ ।"},"Nursery":{"crop":"Cauliflower","stepone":"नर्सरी ठाउँको छनोट","Pictureone":"https://soil.narc.gov.np/media/media/crop/n1_1_13r5cRo.png","descriptionone":"नर्सरीको लागि पारिलो, अग्लो र नजिकको ठाउँ हुनुपर्छ । नर्सरी बेड सिंचाई स्रोतको नजिक, दोमट माटो र राम्रो निकास व्यवस्था भएको ठाउँमा तयार गर्नुपर्छ ।\r\nमाटोबाट सर्नेरोगबाट जोगाउन कम्तिमा एक वर्ष अघिदेखि काउली परिवारका बालीहरु जस्तै बन्दाकोपी, ब्रोकाउली, मुला, सलगम आदि नर्सरी राख्ने जग्गामा\r\nलगाइएको हुनु हुँदैन ।","steptwo":"माटो","Picturetwo":"https://soil.narc.gov.np/media/media/crop/n2_78Jnx2b.png","descriptiontwo":"यदि माटो चिम्टाइलो छ भने उचित निकास र हावा प्रवाहको लागि माटोलाई खुकुलो पार्न पर्याप्त मात्रामा कम्पोष्ट मल हाल्नुपर्छ । प्राङ्गारिक तथा रासायनिक मलले स्वस्थ बेर्ना उत्पादन गर्न मद्दत गर्छ । प्राङ्गारिक मलले बेर्नालाई खाद्यतत्वहरू दिन्छ र बेर्नाको वृद्धि तथा तन्दुरुस्ती पनि बढाउँछ ।","stepthree":"आकार","Picturethree":"https://soil.narc.gov.np/media/media/crop/n3_82ISlKI_5nDhDxB.png","descriptionthree":"नर्सरी ब्याडको माटो मसिनो नभएसम्म खनजोत गर्नुपर्छ । १ मिटर चौडाइ, १०—१५ सेन्टिमिटर उठेको र आवश्यकता अनुसार लम्बाई भएको नर्सरी बेड तयार\r\nगर्नुपर्छ । एक रोपनी जग्गामा बेर्ना सार्नका लागि ३ वर्ग मिटर (३ ह१) को नर्सरी बेड पर्याप्त हुन्छ । एक भन्दा बढि नर्सरी व्याड बनाउँदा दुई बेडका बीच ३०—४० सेन्टिमिटर ठाउँ छोड्नुपर्छ । यसरी ठाउँ छोड्नाले नर्सरीको हेरचाह जस्तै झारपात उखेल्न, रोग तथा कीरा नियन्त्रण गर्न सहज हुनुको साथै पानी बढि भएमा\r\nनिकास गर्न पनि सजिलो हुन्छ ।","stepfour":"प्राङ्गारिक तथा रासायनिक मल","Picturefour":"https://soil.narc.gov.np/media/media/crop/n4_Mq7R8kb_dg3tYXb.png","descriptionfour":"प्राङ्गारिक तथा रासायनिक मलले स्वस्थ बेर्ना उत्पादन गर्न मद्दत गर्छ । प्राङ्गारिक मलले बेर्नालाई खाद्यतत्वहरू दिन्छ र बेर्नाको वृद्धि तथा तन्दुरुस्ती पनि बढाउँछ । बीउ रोप्नु भन्दा १०—१५ दिन अघि ३ वर्ग मिटरको नर्सरीमा राम्ररी कुहेको तथा छिप्पेको ३० किलो कम्पोस्ट मल र बीउ रोप्ने दिन ३ वर्ग मिटर नर्सरीको लागि ३० ग्राम डी.ए.पी.र ३० ग्राम पोटास मल माटोमा राम्रोसँग मिलाउनु पर्छ ।","stepfive":"नर्सरीमा बीउ रोप्ने","Picturefive":"https://soil.narc.gov.np/media/media/crop/n5_xwjxGrx.png","descriptionfive":"क रोपनी जग्गाका लागि १०(१५ ग्राम बीउ चाहिन्छ । पाँच—पाँच सेन्टिमिटरको फरकमा बनाइएका\r\nलाइनमा १—१ सेन्टिमिरको फरकमा १ सेन्टिमिटर गहिरो हुने गरी बीउ रोप्नु पर्छ । यसरी राखिएका सबै\r\nबीउलाई भर्मिकम्पोस्ट वा मसिनो माटोले ढाक्नुपर्छ । बीउ उम्रनका लागि पर्याप्त चिस्यान कायम गर्न नर्सरी\r\nबेडमा हजारीले एकनास पानी हाल्नु पर्छ । बीउ रोपेकोनर्सरी बेडलाई ऋतुअनुसार १—२ सेन्टिमिटर बाक्लो\r\nमल्च (सुक्खा पराल वा खर) वा पोलिथिनले छोप्नु पर्छ । सवैभन्दा राम्रो भिजेको जुटको बोराले बीउ\r\nनउम्रेसम्म छोप्नु नै हो । ४—६ दिनपछि जब अधिकांश बीउहरू उम्रन थाल्छ मल्चलाइ हटाउनु पर्छ । माटोमा\r\nभएको चिस्यानको अवस्था अनुसार हल्का सिंचाइ गर्नुपर्छ । बीउ रोपेको१५ दिनपछि काउलीका बेर्नालाई ३०\r\nग्राम युरियाले टपड्रेस गर्नुपर्छ । बेर्ना बीउ रोपेको२०—२५ दिनपछि सार्न तयार हुन्छ ।","stepsix":"नर्सरी हेरचाह","Picturesix":"https://soil.narc.gov.np/media/media/crop/n6_gX4UEZJ.png","descriptionsix":"उच्च तापक्रम र वर्षाबाट नर्सरीलाई जोगाउन भुइँबाट करिब ९०-१२० सेन्टिमिटर माथिबाट सेडिब जाल (कजभममष्लन लभत)\r\nवा कालो पोलिथिनल वा खरको छाप्रो दिनुपर्छ । रातिको तापक्रम अति कम भयो भने बीउअब्कुरणलाई\r\nसहयोग गर्न र बेर्नालाई तुषारोबाट जोगाउन प्लास्टिक टनेल बनाउनुपर्छ ।","stepseven":"NURSERY TUNNEL TO PROTECT FROM COLD","Pictureseven":"https://soil.narc.gov.np/media/media/crop/n7_Jnclptc.png","descriptionseven":"आवश्यकता अनुसार झारपात उखेल्नुपर्छ । रोग वा कीराको समस्या देखिएमा नजिकको एग्रो—भेट, जेटी/जेटीए अथवा कृषिसंग सम्बन्धित\r\nअन्य संघ संस्थामा सम्पर्क गर्नुपर्छ ।"},"Transplanting":{"crop":"Cauliflower","stepone":"बेर्ना जरखर्याउने","Pictureone":"https://soil.narc.gov.np/media/media/crop/t1_BOqo3o9.png","descriptionone":"सावधानीपूर्वक बेर्ना नउखेल्दा बेर्नाका जरा क्षतिग्रस्त हुन सक्छन्। परिणामस्वरूप जग्गामा सारिसकेपछि बेर्ना\r\nमर्नगई उत्पादनमा नोक्सानी हुन्छ । तसर्थ, यस्ता बेर्ना मरेको ठाउँमा पुनः बेर्ना रोप्नुपर्ने हुन्छ । जग्गामा\r\nसार्नुभन्दा २-३ दिन अघि देखि बेर्नालाई निम्न तरिकाले जरखर्याउनुपर्छः\r\n(१) बेर्ना उखेल्नुभन्दा २-३ दिनअघि नर्सरीमा सिँचाई बन्द गरेर\r\n(२) बेर्ना प्लास्टिक टनेल वा छाप्रो भित्र हुर्काइएको छ भने २-३ दिन पहिले नै प्लास्टिक वा छाप्रो झिकेर ।\r\nदुवै अवस्थामा बेर्ना उखेल्नुभन्दा २-४ घण्टा अघि नर्सरी व्याड पानीलेभिजाउनुपर्छ । यसो गर्नालेमाटो नरम\r\nहुन जान्छ र बेर्ना उखेल्दा हुने क्षतिलाई कम गराउँनुको साथैसार्नु भन्दा अघि बेर्ना ओइलाउने सम्भावना कम\r\nहुन्छ । जरामा पर्याप्त माटो टाँसिने गरी बेर्ना उखेल्नुपर्छ र फराकिला ट्रे वा नाबलोमा राखि नर्सरीदेखि सार्ने\r\nठाँउसम्म लैजानुपर्छ ।","steptwo":"मल व्यवस्थापन","Picturetwo":"https://soil.narc.gov.np/media/media/crop/t2_cQbxbZQ.png","descriptiontwo":"बेर्ना सार्ने बेलामा १ रोपनी जग्गामा १३ किलो डी.ए.पी. र ८.३ किलो पोटास मल हाल्नु पर्छ । टपड्रेसको\r\nबेला १६.६ किलो युरियालाई दुई बारबर भागमा बाँडि दुई पटक हाल्नुपर्छ (२००ः१२०ः१०० ल्एप्हे/क्टर) ।\r\nअगौटे जातका लागि प्रति बेर्ना ५.३ ग्राम डी.ए.पी. र ३.४ ग्राम पोटास मल हाल्नु पर्छ । मध्यम तथा पछौटे\r\nजातका लागि प्रति बेर्ना ७ ग्राम डी.ए.पी. र ४.५ ग्राम पोटास मल हाल्नु पर्छ । खेतबारीबाट अधिक लाभ\r\nलिन रासायनिक मलको प्रयोग प्रभावकारी तथा सन्तुलित हुनुपर्छ"},"Top Dressing":{"crop":"Cauliflower","stepone":"युरिया टपड्रेसिङ","Pictureone":"https://soil.narc.gov.np/media/media/crop/td1_56nHZPh.png","descriptionone":"टपड्रेस गर्नु अघि झारपात उखेल्नु पर्छ र सिंचाई गरेको एक दुई दिनमा टपड्रेस गर्नुपर्छ । युरिया टपड्रेसिबले\r\nअन्य खाद्यतत्वको राम्रो उपयोगलाई सहयोग गर्छ र बालीको समग्र वृद्धि तथा उत्पादनमा मद्दत पुरयाउँछ ।\r\nकाउली बालीमा दुई पटक युरिया टपड्रेस गर्नुपर्छ - पहिलो पटक बेर्ना सारेको ३० दिनमा र दोस्रोपटक\r\nफूलकोपी लाग्ने चरणमा ।","steptwo":"युरिया टपड्रेसिङ","Picturetwo":"https://soil.narc.gov.np/media/media/crop/td2_GNra2xI.png","descriptiontwo":"पहिलो र दोस्रो टप ड्रेसिबमा क्रमशः ८.३ किलो र ८.३ किलो युरिया प्रतिरोपनी हाल्नुपर्छ ।\r\n टप ड्रेस गरिने युरियालाई बोटकोवरिपरि औँठीजस्तो बनाएर वा बोटबाट ५-७ सेन्टिमिटर पर (स्पट\r\nप्लेस्मेन्ट) हाल्नु पर्छ ।\r\n अगौटे जातहरूका लागि हरेक टपड्रेसमा (जम्मा दुई पटक) ३.४ ग्राम युरिया प्रति बोट हाल्नु पर्छ ।\r\n मध्यम तथा पछौटे जातका लागि हरेक टपड्रेसमा (जम्मा दुई पटक) ४.५ ग्राम युरिया प्रति बोट हाल्नु\r\nपर्छ ।"},"Harvesting":{"crop":"Cauliflower","stepone":"काउली टिप्ने","Pictureone":"https://soil.narc.gov.np/media/media/crop/h1_y1dV3c3_2z9jeM4.png","descriptionone":"फूलकोपीमा परिपक्वता आउनासाथ (कसिला र सेता रङ्गका भएपछि फूलकोपीहरु परिपक्व हुन्छन्) काउली\r\nटिप्नुपर्छ ।\r\nजात अनुसार बेर्ना सारेको ६५—७५ दिनपछि अगौटे जातका काउली, ९०—१०० दिनपछि मध्यम जातका\r\nकाउली र ११०—१३० दिनपछि पछौटे जातका काउली टिप्नु पर्छ ।","steptwo":"काउली टिप्ने","Picturetwo":"https://soil.narc.gov.np/media/media/crop/h2_aW8PWnU_QzFaGn1.png","descriptiontwo":"काउली विहानको पछिल्लो समयमा वा बेलुकाको शुरुको समयमा टिप्नु उपयुक्त हुन्छ"},"Post Harvest":{"crop":"Cauliflower","stepone":"गुणस्तर छुट्याउने र ग्रेडिब गर्ने","Pictureone":"https://soil.narc.gov.np/media/media/crop/ph1_eNoJrCr.png","descriptionone":"रोगी, कीरा लागेका, क्षति भएका र अन्य कारणबाट बेच्न अयोग्य काउलीलाई खेतबारीमै हटाउनुपर्छ । प्याक गृह वा\r\nसङ्कलन केन्द्रमा पठाउनु अघि अनावश्यक पात तथा डाँठको काँटछाँट गर्नुपर्छ ।","steptwo":"प्याकेजिब र भण्डारण","Picturetwo":"https://soil.narc.gov.np/media/media/crop/ph4_nWoTkst.png","descriptiontwo":"काउलीलाई ढुवानी गर्न प्लास्टिक क्रेट राम्रोप्याकेजिब सामग्री हो, किनभने यसको भित्री भाग चिल्लोहुनुका साथै यसलाई\r\nसफा गर्न सजिलो हुन्छ र धेरै पटक प्रयोग गर्न सकिन्छ । बजार लैजाँदा बाटोमा काउलीलाई हुन सक्ने\r\nक्षतिलाई कम गर्न प्लास्टिक क्रेटभित्र हरेक पत्रमा पोलिथिन र कागज राख्नुपर्छ ।"}}