ठिक अवस्थामा (२०/२५दिन) पुगेको बेर्ना सार्दा नै छिटो बढ्ने, खेतमा एकनासको बाली देखिने, रोगकीरा तथा
झारपातसँग लड्न सक्ने र बढी उत्पादन दिने बनाउन सकिन्छ । सही समय कुन भन्ने कुरा बेर्नाको अवस्थामा पनि
भर पर्छ, जस्तैः बेर्नाको उमेर, स्थान, बालीको जात, पानीको उपलब्धता, बाली थन्क्याउन चाहने समय, आदि ।