Search

Onion

Trouble Shooting Module (TSM)
Disease

बैजनी धव्बा (Purple Blotch)

यो रोगलाई अल्टरनेरीया ब्लाईट पनि भनिन्छ ।पात र डाँठहरुमा आँखाको आकारको लक्षण देखापर्दछ । शुरुमा पातको टुप्पामा मसिना हल्का सेता, अलि दबेको थोप्लाहरु देखा पर्दछन् र बिस्तारै ठूला धब्बाहरु बन्दछ जुन पातहरुमा, पूmल र पूmलका अन्य भागहरुमा बैजनी रंगको रुपमा देखा पर्दछन् । धब्बाको किनारहरु अलि रातो हुन्छ र जसलाई चारैतिरबाट पहेंलो आभाले ढाकेको हुन्छ । पछि बढ्दै गएर ठूला बैजनी रंगका मरेका धब्बाहरु बन्दछ र डाँठहरु भाँचिन्छन् । बढी तापक्रम र बढी सापेक्षिक आद्रता हुने ठाउँमा यो रोगको प्रकोप बढी हुन्छ ।

ब्यवस्थापन

३ वर्षसम्म घुम्तीबाली अपनाउने । बाली चक्रमा गानो बालीको सट्टा अन्य बाली कोसे वा काउली बाली लगाउने । खेतबारी सफा सुघ्घर राख्ने, घाँसपात र बालीका अवशेषहरु एकत्रित गरि नष्ट गर्ने । रोगको सामान्य लक्षण देखिनासाथ म्यान्कोजेब ७५ डब्लु.पी.(म्ः–द्धछ) २ ग्राम वा कार्वेन्डाजिम ५० डब्लु.पी (बेभिष्टीन) २ ग्राम प्रति लिटर वा डाइफेनाकोनाजोल २.५% भ्ऋ १ मि.लि. प्रति लि. पानीमा मिसाएर १५ दिनको अन्तरालमा छर्ने स्टिकर जस्तै ट्रिटन अथवा इन्ड्ट्रन अथवा सान्डोभिट ०.०६% बिषादिसंग मिसाएर छर्ने । कुनै पनि बिषादि प्रयोग गर्दा तिनको पर्खनुपर्ने समयलाई ध्यानदिएर मात्र बाली उत्पादन लिनु पर्दछ अन्यथा बिषादिको असर उपभोक्तालाई पर्न जान्छ ।

प्याजको कालो पोक ( Onion Smut )

सामान्यतया ३०० से. तापक्रमभन्दा कम तापक्रममा यो रोग लाग्दछ र १०–१५० से. मा रोगको प्रकोप बढी हुन्छ । बिरुवाको पात र गानामा स–साना कालो ढुँसीहरुको समूहले ढाकेको दागहरु देखा पर्दछन् । प्याजको पत्रहरुको फेंदनिर धेरै फोकाहरु देखा पर्दछन् र फोकाहरु फुट्न जाँदा स्पोरका काला समूह बाहिर देखा पर्दछन् । यो रोगले आक्रमण गरेका बिरुवाहरु बिरुवा रोपेको ३–५ हप्तामा नष्ट हुन्छन् । यो ढुँसीका स्पोरहरु धेरै बर्षसम्म माटोेमा रहिरहन्छन् ।

ब्यवस्थापन

खेतबारीलाई सफा सुघ्घर राख्नुपर्दछ र बालीका अवशेषहरुलाई एकत्रित गरेर नष्ट गर्ने । घुम्ती बालीहरु लगाउने । यो रोग संक्रमण भएको ठाउँमा प्याजको समूहको बालीहरु नलगाउने । खनजोत र झारपातहरु निकाल्दा प्याजको बिरुवामा घाउचोट नलगाउने । २–३ ग्राम प्रति के.जी. बीउका दरले थीराम ७५ डब्लु.पी.(सूर्यथीराम, की–राम) अथवा क्याप्टान ५० डब्लु.पी.(क्याप्टान) ले बीउ उपचार गर्ने । टेबुकोनाजोल २% डी.एस. १ ग्राम प्रति के.जी.का दरले बीउको उपचार ।

फेंद सडन (Basal Rot or Pink Rot)

शुरुमा पातहरु पहेलिदै जाने र विरुवा वढ्न नसक्ने हुन्छ र पछि पातको टुप्पावाट सुक्दै जान्छ । रोगको आक्रमणको शुरुको अवस्थामा गानाको तलतिरको भाग र जराहरु गुलावी खैरो रंगको हुने । रोगको आक्रमण धेरै भएको अवस्थामा गानाको तलको भागवाट कुहिने र अन्तमा पुरै वोट मर्ने हुन्छ । रोगका जीवाणुहरु धेरै बर्षसम्म माटोमा बाँच्न सक्दछन् । रोगग्रस्त गानाको फेंदनिर कहिलेकाही सेतो ढुँसी विकास भएको देखिन्छ । रोगग्रस्त गानालाई ठाडो गरी काटेमा भित्री तन्तुमा रंग फिकापर्दै खैरो हुन लागेको देखिन्छ । यो रोग लागेमा पातको टुप्पा पहेंलिदै पछिगएर पुरै पात सुख्दै जान्छ । यो लक्षण पुराना बाहिरका पातहरुबाट शुरु हुन्छ र रोगग्रस्त बोटहरु बढ्न सक्दैनन् । यस्ता रोगी बोटहरु सजिलै उखेल्न सकिन्छ । रोगग्रस्त जरा तथा गानो गुलाबी खैरो रंगको हुन्छ र गानोको फेंदनिर कहिलेकाही सेतो÷गुलावी रंगको ढुसी विकास भएको देखिन्छ । रोगग्रस्त गानालाई ठाडो गरी काटेमा भित्री तन्तुमा रंग फिकापर्दै खैरो हुन लागेको देखिन्छ । ढुसीको बृद्धि हुँदै जाँदा गानोको गिलो सडन भई नराम्रो गन्ध आउने हुन्छ । पछिल्लो अवस्थामा मात्र यो रोग लागेमा बारीमा रोगको लक्षण नदेखिई गानो भण्डारण गर्ने बेलामा मात्र लक्षण देखिन्छ जसमा प्याजको आधार प्लेटमा सुख्खा सडन देख्न सकिन्छ । रोगका जीवाणुहरु धेरै बर्षसम्म माटोमा बाँच्न सक्दछन् ।

ब्यवस्थापन

न्यूनतम ५ बर्षको लागि घुम्ती बाली अपनाउने । बालीका अवशेषहरुलाई एकत्रित गरेर नष्ट गर्ने । बीउ छर्नुभन्दा पहिले थीराम ७५ डब्लु.पी.(सूर्यथीराम, की–राम) २.५ ग्राम प्रति के.जी.का दरले बीउ उपचार गर्ने । जग्गा तयारी गर्दा प्रति १०० किलो कम्पोष्ट वा प्राङ्गारिक मलमा २.५ किलो ट्राइकोडर्मा मिसाएर कम्तिमा १५ दिनसम्म राखेर तयार गरेको मल माटोमा मिसाउने । खेतमा रोगको लक्षण देखिनासाथ कार्वेन्डाजिम ५० डब्लु.पी.(बेभिस्टीन) २ ग्राम प्रति लिटर अथवा मेटाल्याक्सील ८% र मेन्कोजेव ६४% (रेडोमिल, अनुमिल, रेडोनल) १–१.५ ग्राम प्रति लिटरको दरले ७–१० दिनको फरकमा २–३ पटक छर्ने । कुनै पनि बिषादि प्रयोग गर्दा तिनको पर्खनुपर्ने समयलाई ध्यानदिएर मात्र बाली उत्पादन लिनु पर्दछ अन्यथा बिषादिको असर उपभोक्तालाई पर्नजान्छ ।

शीते ढुसी रोग (Downy Mildew)

यो रोग लागेका पुराना पातहरुको सतहमा कैला सेतादेखि बैजनी रङ्गको ढुँसी बिकास हुन्छ । खेतबारीमा रोगले ग्रस्त अलि पहेंलिएको बिरुवाकोे थुप्रो देखिन्छ । यो रोगको प्रकोप उच्च आद्रता हुने ठाउँमा बढी हुन्छ । यो हावाको माध्यबाट यत्रतत्र फैलनुका साथैै बीउबाट पनि सर्दछ ।

ब्यवस्थापन

रोगरहित बीउ, सेट र गानाको प्रयोग गर्ने । ३ बर्षको लागि प्याज समूह बाहेकका बालीसंग घुम्ती बाली अपनाउने । बगंैचालाई सफासुघ्घर राख्नुपर्दछ र बालीका अवशेषहरुलाई एकत्रित गरेर नष्ट गर्ने । नजिकमा रहेका प्याज समूहका अन्य बिरुवा हटाई सफा सुघ्घर राख्नुपर्दछ । यो रोग नियन्त्रणको लागि म्यान्कोजेव ७५% डब्लु.पि.(डाइथेन एम ४५) वा जिनेव (इन्डोफिल जेड–७८, अल जेड–७८)२ ०.२% वा डाइमेथोमर्फ ५० डब्लु.पि.१.५ ग्राम प्रति लि. पानीमा हप्ता दिनको अन्तरालमा ३ देखि ४ पटक ७ देखि दस दिनको अन्तरालमा छर्ने । बिषादि छर्दा ०.०६% स्टीकर जस्तै ट्रिटन् अथवा इन्डट्रन अथवा सान्डोभिट मिसाएर छरेमा बढी प्रभावकारी हुन्छ । कुनै पनि बिषादि प्रयोग गर्दा तिनको पर्खनुपर्ने समयलाई ध्यानदिएर मात्र बाली उत्पादन लिनु पर्दछ अन्यथा बिषादिको असर उपभोक्तालाई पर्न जान्छ ।

स्टेमफाइलियम डढुवा

शुरुको अवस्थामा पात तथा पातको सीथमा साना हल्का पहेला देखि खैरा रंग र पानीले भिजेजस्ता धव्वा हुने ती धव्वाहरु पछि जोडिएपछि डढेको रुप लिने हुन्छ । धव्वाको वीचमा पहेलो खैरो हुदै अन्तमा कालो हुन्छ । साना काला पीनको टाउको जस्ता उठेका भाग पनि देखिन सक्छ । कहिले काही एगचउभि दयितअज संग झुकिन पनि सक्छ । लामो समयसम्म पातमा चिस्यान (वर्षा, तुषारो हुस्सु वा स्प्रिकलर सिचाई) भएमा रोग वढ्न सक्छ । ढुँसीले प्रायःगरी बिरुवाको मरेका, मर्दै गरेका तन्तुहरु जस्तै बैजनी धब्बा रोगले ग्रस्त, डाउनी मिल्ड्यूले ग्रस्त धब्बा र क्षति भएको भाग जस्तै थ्रिप्स लागेको ठाउँमा आक्रमण गर्दछ । यो रोग प्रायःगरेर फाल्गुण–चैत्रमा देखापर्दछ । यो रोगले पातको बीच भागमा साना पहेंलोदेखि सुन्तले रंगका धव्वाहरु बनाउँछ जुन पछि गएर लामो धर्काहरुमा परिणत हुन्छन् । ढुँसीको बिजानु ९क्उयचभक० बढ्दै जाँदा धब्बा गाढा खैरोदेखि कालो रंगको देखिन्छ ।

ब्यवस्थापन

खेतबारीलाई सफासुघ्घर राख्ने, बालीका अवशेषहरुलाई एकत्रित गरेर नष्ट गर्ने । रोगलागेको देख्नासाथ ढुँसीनाशक बिषादीहरु जस्तै म्यानकोजेव ७५ डब्लु.पी.(डाईथेन एम–४५) ०.२५% अथवा क्लोरोथालोनिल (कवच) ०.२% छर्ने । कीरा नियन्त्रणको लागि कीटनाशक बिषादी जस्तै डेल्टामेथ्रिन २.८ इ.सी. (डेसिस) ०.१% छर्नु पर्दछ । बिषादिहरु छर्दा स्टीकर जस्तै ट्रिटन अथवा इन्ड्ट्रन अथवा सान्डोभिट ०.०६% बिषादिसंग मिसाएर छर्ने । कुनै पनि बिषादि प्रयोग गर्दा तिनको पर्खनुपर्ने समयलाई ध्यानदिएर मात्र बाली उत्पादन लिनु पर्दछ अन्यथा बिषादिको असर उपभोक्तालाई पर्नजान्छ ।

कालो ढुँसी (Black Mould)

प्याजको भण्डारणमा लाग्ने एक महत्वपूर्ण रोग हो । यसले प्याजको बजार मूल्य घटाउँदछ । यो ढुँसी साधारणतया खेतबारीमा रहिरहन्छन् तर यसको असर भण्डारणमा पर्दछ । गरम तापक्रम (३०–४५० से.) र बढी आद्रता भएको ठाउँमा प्याजका गानामा कालो ढुँसीको धुलोहरु देखिन्छन् जसले गानाहरु सडाउँछ ।

ब्यवस्थापन

प्याजलाई राम्रोसंग क्यूरिङ्ग गरेर अर्थात् राम्रोसंग सुकाएर मात्रै भण्डारण गर्नुपर्दछ । प्याजलाई ओसार पसार गर्दा जतनसंग गर्नुपर्दछ । भण्डारणमा हावा खेल्नको लागि भेन्टिलेसनको ब्यवस्था गर्नुपर्दछ । बढी तापक्रम र आद्रता हुन दिनु हुँदैन ।

कोत्रे रोग

पातमा शुरुमा पानीले भिजेको हल्का पहेंलो दाग देखिन्छ जुन पछि गएर पातलाई ढाक्नेगरी लम्बिएर फैंलिन्छ । रोगग्रस्त पात खुम्चिन्छ र खस्दछ ।

ब्यवस्थापन

खेतबारीलाई सफा सुघ्घर राख्नुपर्दछ र बालीका अवशेषहरुलाई एकत्रित गरेर नष्ट गर्ने । यो रोग नियन्त्रणको लागि ०.२% म्यान्कोजेव ७५% डब्लु.पि.(डाइथेन एम ४५) वा ०.१% कार्वेन्डाजिम ५० डब्लु.पि.(बेभिष्टीन) १५ दिनको अन्तरालमा २–३ पटक प्रत्येक हप्ता छर्ने । बिषादि छर्दा ०.०६% स्टीकर जस्तै ट्रिटन् अथवा इन्ड्ट्रन अथवा सान्डोभिट मिसाएर छरेमा बढी प्रभावकारी हुन्छ । कुनै पनि बिषादि प्रयोग गर्दा तिनको पर्खनुपर्ने समयलाई ध्यानदिएर मात्र बाली उत्पादन लिनु पर्दछ अन्यथा बिषादिको असर उपभोक्तालाई पर्न जान्छ ।

खैरो सडन

प्याजको भण्डारणमा लाग्ने धेरै खतरनाक रोग हो । यसको संक्रमण मुख्य गरेर घाउ चोटपटकबाट हुन्छ । गानाको घाँटीबाट सड्न शुरु हुन्छ र पछि गानालाई थिच्दा नराम्रो दुर्गन्छ आउँदछ ।

ब्यवस्थापन

भण्डारण गर्नु अगाडि प्याज खनी सकेपछि तुरुन्तै सुकाउने र गानालाई राम्ररी क्यूरिंग गर्ने । भण्डारण गरिएको प्याजको निरीक्षण गरी रोगग्रस्त गानाहरु हटाउने ।

सेतो सडन

यो रोग लागेमा पातको टुप्पातिरबाट पहेंलिदै र टुप्पा सुक्दै जान्छ । रोगग्रस्त गानाको फेंदनिर कहिलेकाही सेतो ढुँसी विकास भएको देखिन्छ र ढुसीको बृद्धि हुँदै जाँदा क्अभिचयतष्ब बनाउँछ जुन पछिल्लो अवस्थामा तोरीको दाना जस्तै देखिन्छ । रोगग्रस्त गानालाई ठाडो गरी काटेमा भित्री तन्तुमा रंग फिका पर्दै खैरो हुन लागेको देखिन्छ । रोगका जीवाणुहरु धेरै बर्षसम्म माटोमा बाँच्न सक्दछन् ।

ब्यवस्थापन

न्यूनतम ५ बर्षको लागि घुम्ती बाली अपनाउने । बालीका अवशेषहरुलाई एकत्रित गरेर नष्ट गर्ने । बीउ छर्नुभन्दा पहिले थीराम ७५ डब्लु.पि.(सूर्यथीराम, की–राम) २.५ ग्राम प्रति के.जी.का दरले बीउ उपचार गर्ने । खेतमा रोगको लक्षण देखिनासाथ कार्वेन्डाजिम ५० डब्लु.पि.(बेभिस्टीन) २ ग्राम प्रति लिटर अथवा मेटाल्याक्सील ८% र मेन्कोजेव ६४% (रेडोमिल, अनुमिल, रेडोनल) १–१.५ ग्राम प्रतिलिटरको दरले ७–१० दिनको फरकमा २–३ पटक छर्ने । कुनै पनि बिषादि प्रयोग गर्दा तिनको पर्खनुपर्ने समयलाई ध्यानदिएर मात्र बाली उत्पादन लिनु पर्दछ अन्यथा बिषादिको असर उपभोक्तालाई पर्नजान्छ ।

घाँटी सडन

यो रोग खेतबारीबाट शुरु भई भण्डारणमा गएर लक्षण देखा पर्दछ । प्याजको स्केल नरम हुन्छ र पानीले भिजेको जस्तो दाग देखिन्छ । प्रायःजसो अवस्थामा स्केलको सतहमा खैरो ढुँसीको बिकास भएको हुन्छ । यो रोग प्रायःजसो बाली खन्नु भन्दा ठिक अगाडि, बाली खन्ने बेलामा र क्यूरिंग गरेको बेलामा देखिन्छ । बढी नाइट्रोजनको प्रयोग र बेठिक समयमा सिंचाइ गरेमा यो रोगको संक्रमण बढ्दछ ।

ब्यवस्थापन

बाली खन्ने बेला आउँदै गर्दा सिंचाई कम गर्नु पर्दछ । प्याजको घाँटी राम्ररी सुखेपछि मात्र पातहरु काट्नु पर्दछ । प्याजलाई खेतबारीमा २ दिन राम्ररी र पछि भण्डारण गर्नु अगाडि छाँयामा १०–१५ दिन राम्ररी सुकाउनु पर्दछ । प्याजलाई ओसारपसार गर्दा जतनसंग गर्ने र भण्डारण राम्ररी गर्ने ।

नीलो ढुँसी

प्याजको भण्डारणमा लाग्ने रोग हो । गानामा हल्का पहेंलो, पानी जस्तो दाग जुन पछिगएर अलि निलो हरियो ढुसीको थुप्रोमा परिणत हुन्छ । प्याजको पत्रलाई काटेर हेर्दा अलि खैरो कालो पनिलो रंग विकसीत भएको देखिन्छ । रोगग्रस्त गानाहरु नरम भई गीलो सडन हुन्छ र माटोको जस्तो दुर्गन्ध आउँछ । यो ढुँसी न्यानो तथा आद्र वातावरणमा बढी फैलिन्छ ।

ब्यवस्थापन

प्याज खन्दा चोटपटक लगाउनु हुँदैन । प्याज खनीसकेपछि राम्रोसंग सुकाउनु पर्दछ ।

सेतो टुप्पा

बर्तमान समयमा यो रोग बढी समस्यामूलक देखिएको छ । पातमा साना हल्का रंगको दागहरु देखिन्छ । ती दागहरु आद्र र चिसो वातावरणमा छिटै बढ्दछ । यि दागहरु मूख्य गरेर पातको अग्र आधा भागमा हुने र प्रायःगरेर हरियो, पनिलो क्षेत्रले घेरेको हुन्छ । प्छि गएर रोगग्रस्त भाग र पातको टुप्पा मर्दछ । पातहरु तह–तह मिलेको (पार्चमेन्ट) जस्तो देखिनु र पातको टुप्पा सेतो हुनु यो रोगको बिशेष लक्षण हो । ड्डयो रोगको कारणले गाना पनि सड्दछ ।

ब्यवस्थापन

बिरुवामा माटोको छिटा पर्ने गरी सिंचाई नगर्ने । बालीचक्र अपनाउने । कार्वेन्डाजिम ५० डब्लु.पी. (बेभिस्टीन) २ २ ग्राम प्रति लिटर अथवा मेटाल्याक्सील ८ % र मेन्कोजेव ६४ % (रेडोमिल, अनुमिल, रेडोनल) १–१.५ ग्राम प्रतिलिटरको दरले ७–१० दिनको फरकमा २–३ पटक छर्ने । कुनै पनि बिषादि प्रयोग गर्दा तिनको पर्खनुपर्ने समयलाई ध्यानदिएर मात्र बाली उत्पादन लिनु पर्दछ अन्यथा बिषादिको असर उपभोक्तालाई पर्नजान्छ ।

गीले सडन

बढी नाइट्रोजन मलको प्रयोग र राम्ररी क्यूरिंग नगरिएको भण्डारणमा राखिएको प्याजमा यो रोग लाग्दछ । गानाको घाँटीबाट यो रोग शुरु भइ प्याजको भित्रि पत्रहरुमा पुग्दछ । गाना गिलो भइ सड्दछ र नराम्रो दुर्गन्ध आउँदछ ।

ब्यवस्थापन

बढी नाइट्रोजन मलको प्रयोग नगर्ने र संतुलित मलको मात्रा मात्र प्रयोग गर्ने । प्याज खन्नु भन्दा १ महिना पहिले सिंचाई दिन बन्द गर्ने गानाहरुमा घाउ चोटपटक लगाउनु हुँदैन । गानाहरुमा २–२.५ से.मि. डाँठ छोडेर (घाँटी राखेर) मात्र माथिको भागहरु हटाउने । यसले गर्दा घाँटी कस्सिनमा मद्दत गर्दछ । भण्डारण गर्नु अगाडि प्याजको गानालाई राम्ररी क्यूरिंग गर्ने र सुकाउने ।

Iris Spot Virus

यो रोग प्याज र गोलभेंडामा स्पटेट ओइलाउने भाइरसबाट ९त्यmबतय क्उयततभम ध्ष्ति ख्ष्चगक० लाग्दछ । यसको बिशेष लक्षण पूmलको डाँठमा हल्का पहेंलो पराले रंगको, आँखा वा तासको इटा आकारको दागहरु देखा पर्दछन् । पूmलको डाँठका केहीे दागहरुमा संकेन्द्रित चक्रहरु ९ऋयलअभलतचष्अ० हरियो र पहेंलो रंग मिसिएको देखिन्छ । रोगको प्रकोप बढी भएमा दागले डाँठलाई घेर्दछ फलस्वरुप पूmलको थुँगा मर्दछ र बीउको गुणस्तर तथा बीउ उत्पादन कम हुन्छ । थ्रिप्स कीरा ९त्जचष्उक तबदबअष्०ले यो भाइरस सार्दछ ।

ब्यवस्थापन

रोगग्रस्त बोटलाई रगिङ्ग गरी समयमा हटाएर नष्ट गर्ने । भाइरस सार्ने थ्रीप्स कीरालाई डेल्टामेथ्रीन २.८% इ.सी. (डेसिस) १ मि.लि. प्रति लि. वा स्पिनोस्याड ४५% इ.सी. (ट्रेसर) १ मि.लि. प्रति ३ लिटर पानीमा मिसाई १५ दिनको अन्तरालमा छर्ने । कुनै पनि बिषादि प्रयोग गर्दा तिनको पर्खनुपर्ने समयलाई ध्यानदिएर मात्र बाली उत्पादन लिनु पर्दछ अन्यथा बिषादिको असर उपभोक्तालाई पर्न जान्छ ।

पहेंलो पुड्के भाईरस

यो रोग लागेका प्याजका बिरुवाहरुको बृद्धि रोकिन्छ । बिरुवाहरु होंचा र पुड्का हुन्छन्, फूल फुल्ने डाँठ बटारिएका हुन्छन्, पातहरु पहेंला हुन्छन्, कच्याककुचुक परेका र च्याप्टा हुन्छन् र पातहरु सुकेर भाँचिन्छन् । यो रोग लाहीबाट सर्दछ र रोगग्रस्त बोटबाट उत्पादित बीउको गुणस्तर राम्रो हुँदैन ।

ब्यवस्थापन

रोगले आक्रमण भएका बिरुवाहरुलाई उखेलेर हटाई नष्ट गर्ने । भाइरस सार्ने थ्रीप्स कीरालाई डेल्टामेथ्रीन २.८% इ.सी. (डेसिस) ०.१% वा स्पिनोस्याड ४५% इ.सी. (ट्रेसर) १ मि.लि. प्रति ३ लिटर पानीमा मिसाई १५ दिनको अन्तरालमा छर्र्नेे । कुनै पनि बिषादि प्रयोग गर्दा तिनको पर्खनुपर्ने समयलाई ध्यानदिएर मात्र बाली उत्पादन लिनु पर्दछ अन्यथा बिषादिको असर उपभोक्तालाई पर्नजान्छ ।

डाँठमा लाग्ने जुका

उम्रिरहेको कलिला तन्तुहरुमा जुकाको लार्भाले माटो मुनिबाट आक्रमण गर्दछ र पछि बिरुवाको बिभिन्न भागमा पुग्दछ । कलिला बिरुवाको पातहरु बटारिन्छन् र नराम्रोसंग विकृत हुन्छन् । पछि जुकाले ग्रस्त बिरुवाहरु पुड्का हुने र निलो हुन्छ । पातहरु बाक्लो र भाँचिने हुन्छन् । जुकाले ग्रस्त गानाहरु अलि खैरो र छुँदा नरम हुन्छन् भने भित्रि पत्रहरु बाक्लो भई सेतो र नरम बनावट देखा पर्दछ । जरा सड्दछ र बिरुवा पनि सड्न थाल्दछ । जुकालेग्रस्त बिरुवाहरुले निर्दिष्ट गन्ध दिन्छ । यो जुका सुकेको प्रांगारिक पदार्थमा सुसुप्त अवस्थामा रहन्छ र कुनै सहायक ९ज्यकत० बिना माटोमा बर्षौं रहन सक्दछ ।

ब्यवस्थापन

जुकारहित माटोमा प्याजको खेती गर्ने र सफा तथा स्वस्थ बीउ बेर्नाको प्रयोग गर्ने । खेतीपाती गर्दा सफा औजारहरुको प्रयोग गर्ने । चिकोरी, गाजर, तोरी, सयपत्री र जौंहरुको बाली चक्र अपनाउने । जुकालेग्रस्त बिरुवाहरु र अवशेषहरु नष्ट गर्ने ।

जरामा लाग्ने जुका

बिश्वभरी नै यो जुकाको समस्या रहेको छ र यसको आश्रय बिरुवा ९ज्यकत उबिलतक० थुप्रै हुन्छन् । यसले सिधै क्षति पु¥याउँदछ र माटोजन्य अन्य जीवाणुहरुसंग पनि प्रतिक्रिया गर्दछ । बिरुवा ख्याउटे हुने र नयाँ आउने मसिना जराहरु बन्दैनन् । जरामा दबेका धब्बाहरु देखिन्छन् जो अनियमित आकारको र पहेंलो हुन्छ । पछि गएर गाढा बन्दछन् ।

ब्यवस्थापन

यसको आश्रय बिरुवा ९ज्यकत उबिलतक० थुप्रै भएका कारण यसको प्रभावकारी नियन्त्रण गाह्रो छ । बाँझो खेतबारीमा खेती गर्ने र केही हदसम्म तोरी, बकुल्ला, केराउ र पालुंगोको साथमा बाली चक्र अपनाउँदा जुकाको प्रकोप कम गर्न सकिन्छ । सयपत्रीले जुकाहरुको संख्या कम गर्नमा सकारात्मक असर पु¥याउँदछ । रोगग्रस्त बिरुवा तथा अवशेष हटाई नष्ट गर्ने । कारताप हाईड्रोक्लोराइड ९ऋबचतबउ जथमचयअजयिचष्मभ० १ के.जी. प्रति रोपनीको दरले खेतबारीमा प्रयोग गर्ने वा क्लोरोपाइरिफस ४% जिआर वा कार्टापहाड्रोक्लोराइड ४% जिआर प्रति रोपनी १ किलोग्राम जमिन तयारीको वेलामा राख्ने