यो रोग लागेको बिरुवाको वृद्धि रोकिन्छ र बिरुवा हल्का रातो तथा बैजनी रंगको हुनजान्छ ।दिउँसो घाम लागेको वेलामा ओइलाउँछ, साँझपख जस्ताको त्यस्तै हुन्छ र पहेंलिदै जान्छ । बिरुवालाई उखेलेर हेरेमा जरा फुलेर गदाको जस्तो आकृति भएको देखिन्छ र नराम्रो, पिरो गन्ध आउँछ ।यो रोग अम्लीय माटोमा बढी लाग्दछ र यसको ढँुसी १४ बर्षसम्म माटोमा जिवित रहन सक्छ ।
ब्यवस्थापन
काउली समुहको बाली बाहेकका बालीसंग घुम्ती बाली लगाउने । कम्तिमा ३–४ वर्षपछि मात्र काउली समूहका बाली लगाउने ।रोगी बिरुवाहरुलाई जलाउने वा नष्ट गर्ने । रोगग्रस्त बिरुवाको अवशेषहरु कम्पोष्ट बनाउन प्रयोग नगर्ने ।यो रोग कम पिएच भएको माटोमा लाग्ने हुँदा बिरुवा लगाउनु भन्दा करीब एक महिना अगाडि अम्लीयताको आधारमा कृषि चुन प्रयोग गरी माटोको पिएच ७.२ कायम गर्ने । नर्सरी ब्याडमा ँगिकगउिजबmष्मभ ण्।घ५ ध्ए (नेभिजिन) ०.३ के.जी. प्रति १० वर्गमिटरको दरले छर्ने । ँगिकगउिजबmष्मभ ण्।घ५ ध्ए (नेभिजिन) २ ग्राम प्रति लिटर पानीको दरले झोल बनाइ १०–१५ मिनेटसम्म बेर्नालाइ डुबाइ बेर्ना सार्ने र सोही झोलले बेर्ना सार्नु अगाडि बिरुवा लगाउने खाडलको माटो भिजाउने । ँगिकगउिजबmष्मभ ण्।घ५ ध्ए (नेभिजिन) २०० के.जी.प्रति हेक्टर वा ३ ग्राम प्रति बोटका दरले प्रयोग गर्ने । रोग लागेको ठाउँमा उत्पादित बेर्नाहरुलाई अन्य ठाउँमा लैजान रोक लगाउने । कुनै पनि बिषादि प्रयोग गर्दा तिनको पर्खनु पर्ने समयलाई ध्यानदिएर मात्र बाली उत्पादन लिनु पर्दछ अन्यथा बिषादिको असर उपभोक्तालाई पर्नजान्छ ।