शुरुको अवस्थामा पात तथा पातको सीथमा साना हल्का पहेला देखि खैरा रंग र पानीले भिजेजस्ता धव्वा हुने ती धव्वाहरु पछि जोडिएपछि डढेको रुप लिने हुन्छ । धव्वाको वीचमा पहेलो खैरो हुदै अन्तमा कालो हुन्छ । साना काला पीनको टाउको जस्ता उठेका भाग पनि देखिन सक्छ । कहिले काही एगचउभि दयितअज संग झुकिन पनि सक्छ । लामो समयसम्म पातमा चिस्यान (वर्षा, तुषारो हुस्सु वा स्प्रिकलर सिचाई) भएमा रोग वढ्न सक्छ । ढुँसीले प्रायःगरी बिरुवाको मरेका, मर्दै गरेका तन्तुहरु जस्तै बैजनी धब्बा रोगले ग्रस्त, डाउनी मिल्ड्यूले ग्रस्त धब्बा र क्षति भएको भाग जस्तै थ्रिप्स लागेको ठाउँमा आक्रमण गर्दछ । यो रोग प्रायःगरेर फाल्गुण–चैत्रमा देखापर्दछ । यो रोगले पातको बीच भागमा साना पहेंलोदेखि सुन्तले रंगका धव्वाहरु बनाउँछ जुन पछि गएर लामो धर्काहरुमा परिणत हुन्छन् । ढुँसीको बिजानु ९क्उयचभक० बढ्दै जाँदा धब्बा गाढा खैरोदेखि कालो रंगको देखिन्छ ।
ब्यवस्थापन
खेतबारीलाई सफासुघ्घर राख्ने, बालीका अवशेषहरुलाई एकत्रित गरेर नष्ट गर्ने ।
रोगलागेको देख्नासाथ ढुँसीनाशक बिषादीहरु जस्तै म्यानकोजेव ७५ डब्लु.पी.(डाईथेन एम–४५) ०.२५% अथवा क्लोरोथालोनिल (कवच) ०.२% छर्ने ।
कीरा नियन्त्रणको लागि कीटनाशक बिषादी जस्तै डेल्टामेथ्रिन २.८ इ.सी. (डेसिस) ०.१% छर्नु पर्दछ ।
बिषादिहरु छर्दा स्टीकर जस्तै ट्रिटन अथवा इन्ड्ट्रन अथवा सान्डोभिट ०.०६% बिषादिसंग मिसाएर छर्ने ।
कुनै पनि बिषादि प्रयोग गर्दा तिनको पर्खनुपर्ने समयलाई ध्यानदिएर मात्र बाली उत्पादन लिनु पर्दछ अन्यथा बिषादिको असर उपभोक्तालाई पर्नजान्छ ।